कमला किनारका बासिन्दा भन्छन्– नेताले आश्वासन मात्रै दिए
baahrakhari.com · Sat Jul 24 15:49:00 GMT 2021
जनकपुरधाम । कमला खोलामा आएको बाढीले बाँध भत्काएपछि विभिन्न नेताहरु प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगे । सबैले स्थानीयवासीसामु अनेक प्रतिबद्धता जनाए । तर, नेताको पहल र घोषणा प्रभावकारी देखिएको छैन ।
कमला किनारका बासिन्दा नेताको आश्वासनले अजित भइसकेको बताउँछन् । किरतपुरका नागेन्द्र यादवले नेताले निरीक्षण गरेर आश्वासन मात्रै दिएको बताए । “नेता दलबलसहित आउँछन्, निरीक्षण गर्छन्, फर्किन्छन्,” उनले भने, “नेताले स्थानीय जनतालााई आश्वासन मात्रै दिएका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)