इरानसँग वार्ता गर्न ट्रम्पका विशेष दूत स्विट्जरल्यान्ड प्रस्थान
barnanmedia.com · Sat Jun 20 23:20:42 GMT 2026

अमेरिका र इरानबिच भएको शान्ति सम्झौताका सर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।
सीएनएनका अनुसार अमेरिका र इरानले इजरायल र हेजबुल्लाहबिच द्वन्द्वका कारण पहिले रोकिएको वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन्।
रिपोर्टमा भनिएको छ, ‘हालैको युद्धविरामपछि वातावरण केही शान्त भएकाले वार्ता पुनः सुरु हुन सक्छ। डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि यस प्रक्रियामा संलग्न हुने अपेक्षा गरिएको छ।’
सम्झौताअनुसार दुवै देशलाई अन्तिम सम्झौतामा पुग्न ६० दिनको समयसीमा दिइएको छ।
यसैबिच एक्सियोसको रिपोर्टअनुसार इरानका विदेशमन्त्री अब्बास अराघची पनि आज स्विजरल्यान्ड पुग्न सक्छन्, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन।
यसअघि शान्ति सम्झौता लागु गर्ने विषयमा अमेरिका र इरानबिच शुक्रबारै स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगन गरिएको थियो।
लेबनानमा इजरायलले आक्रमण जारी राखेकाले दुई पक्षबिच मतभेद कायमै छ।
यहीबिच सीएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्पका विशेष दूत स्टिभ विटकफ स्विट्जरल्यान्ड प्रस्थान गरेको जनाएको हो।
अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि गत बुधबार राति १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डोनाल्ड ट्रम्प