‘सुझबुझ’ मा सचेतनाका कुरा
gorkhapatraonline.com · Thu May 28 03:57:35 GMT 2026

धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हो । नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गर्नुभएको हो ।
आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको छ । यसका साथै पछिल्लो समय व्यस्तताका कारण अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो नकारात्मक परिणाम निस्कन्छ भन्ने कुरालाई पनि नाटकमा बडो मार्मिक ढंगले देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)