अन्तर्राष्ट्रिय कानुनप्रतिको सम्मानमा भइरहेको गिरावट खतरनाक : गुटेरेस
baahrakhari.com · Thu May 28 03:58:16 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक विभाजन र युद्धका कारण अन्तर्राष्ट्रिय कानुनप्रतिको सम्मानमा खतरनाक गिरावट देखिएको भन्दै चेतावनी दिएका छन् । उनले सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता तथा बल प्रयोगको निषेधजस्ता मूल सिद्धान्तलाई चुनौती दिइँदै वा बेवास्ता गरिँदै गएको पनि बताएका छन् ।
नियमहरूको उल्लंघन गरिँदा पनि जवाफदेहिता नदेखिएको तथा दण्डहीनता बढ्दै गएको उनले उल्लेख गरे । राष्ट्रसंघको बडापत्र शान्तिका निम्ति मानवताको सबैभन्दा ठूलो र उत्तम आशा भएको उनले बताए । तर, यसको प्रभावकारिता कायम राखिनुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)