अति भ्रष्टाचार हुने सूचीमै नेपाल
ekantipur.com · Wed Jan 31 01:00:44 GMT 2024
काठमाडौँ — भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको अवस्था निराशाजनक देखिएको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२३’ प्रतिवेदनअनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल कम भ्रष्टाचार र सुशासनको सूचीमा १०८ औं स्थानमा परेको छ । जुन गत वर्षको ११० औं स्थानभन्दा दुई अंकले सुधार हो ।
मूल्यांकनमा नेपालले १ सयमा ३५ अंक मात्रै पाएको छ । जुन गत वर्ष ३४ अंक मात्रै थियो । नेपालले पछिल्लो १० वर्षमा यस पटक सबैभन्दा बढी अंक पाएको हो । ५० भन्दा कम अंक पाउने देशलाई ट्रान्सपरेन्सीले भ्रष्टाचार नियन्त्रण र सुशासनका दृष्टिकोणले खराब सूचीमा समेट्ने गरेको छ । ५० वा सोभन्दा बढी अंक पाउनेमा ५८ राष्ट्र मात्रै छन् । नेपालले गत वर्षको तुलनामा १ अंक बढाए पनि अति भ्रष्टाचार हुने मुलुकको सूचीबाट बाहिर निस्कन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)