मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति

barnanmedia.com · Wed Jan 14 23:19:32 GMT 2026

काठमाडौँ, १ माघः उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिनुभएको छ । माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्रोतको संरक्षण र दिगो उपयोगमा आमनागरिक र सरोकार भएका सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभएको हो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालमा माघी पर्वको दिनलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइन्छ । तीनै तहका सरकारलाई संरक्षणको जिम्मेवारी दिइएको छ, नेपाल अन्तरराष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र भएकाले जैविक विविधता संरक्षणको महत्व अझ बढेको छ । यस विषयमा आमनागरिक र सरोकार भएका सबै सचेत भई संरक्षण र दिगो उपयोगमा जोड दिनु आजको आवश्यकता हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)