मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

barnanmedia.com · Thu Jan 15 02:10:35 GMT 2026

माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उहाँका अनुसार यस क्षेत्रबाट देवघाट जाने र फर्कने तीर्थालुहरुलाई सेवा दिइने छ । भक्तजनको चाप भएसम्म बसले सेवा दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा अन्य भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेका हौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)