मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इजिप्टलाई हराएर सेनेगल फाइनलमा

barnanmedia.com · Thu Jan 15 01:26:36 GMT 2026

साडियो मानेले गरेको निर्णायक गोलको मदतले सेनेगेलले इजिप्टलाई बुधबार १–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । टानगियर्समा भएको सेमिफाइनलमा मानेले ७८ औं मिनेटमा एक मात्र गोल गरे ।

खेलमाथि सेनेगलको पूर्ण प्रभुत्व रहेको थियो र यससँगै अब आइतबार हुने उपाधिको भिडन्तमा उसले आयोजक मोरक्को अथवा नाइजेरियामध्ये एकको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)