अब सहकारी ठगी मुद्दामात्र बाँकी
barnanmedia.com · Sat Jun 20 23:31:53 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएका संगठित अपराधसम्बन्धी सबै मुद्दा अन्ततः फिर्ता भएका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले संगठित अपराधसम्बन्धी अभियोग हटाउने आदेश दिएसँगै देशभर दायर भएका यस्ता सबै मुद्दा समाप्त भएका हुन्।
जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम रवि लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधसम्बन्धी अभियोग हटाउन आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनका लागि निवेदन दर्ता गरेपछि अदालतले उक्त आदेश जारी गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)