अरनिको राजमार्गमा पुल बनाउन ढिलाइ
gorkhapatraonline.com · Thu May 28 04:09:51 GMT 2026

छ लेनमा विस्तार नै रहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डमा निर्माण गर्नुपर्ने पुल निर्माण गर्नका लागि निर्माण व्यवसायी कम्पनीले आलटाल गरेको छ । पुल निर्माण गर्ने ठेक्का पाएको निर्माण व्यवसायीसँगको सम्झौताको म्याद सम्पन्न हुन करिब छ महिना समय बाँकी रहँदा हालसम्म करिब १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
बिस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डमा तीन स्थानमा सडक पुल निर्माणका लागि सूर्यविनायक–धुलिखेल सडक आयोजना र हिमदोङ एन्ड थोक्कर÷रामजानकी जेभीसँग २०७९ चैत ६ गते सम्झौता भएको थियो । पुल निर्माणको ठेक्का पाएको निर्माण व्यवसायी कम्पनीले २०८३ मङ्सिर ५ गतेभित्र तीन वटा पुल निर्माण गरेर आयोजनालाई हस्तान्तरण गर्नुपर्ने भए पनि हालसम्म पुल निर्माणको काम करिब १० प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)