रुपर्ट मर्डोखका मिडियाले जलवायु विज्ञानलाई दबाएको भन्दै विरोधमा एक पादरीले सिलाए आफ्नो मुख
pahilopost.com · Tue Aug 03 17:39:00 GMT 2021
रुपर्ट मर्डोखका मिडिया आउटलेटहरुमा जलवायु विज्ञानलाई दबाइएको भन्दै एक पादरीले आफ्नो मुख सिलाएर विरोध प्रदर्शन गरेका छन्। ७१ वर्षीय ‘रेभरेन्ड’ टिम हेवेसले लण्डनस्थित न्युज यूकेको कार्यालय बाहिर सांकेतिक रुपमा प्रदर्शन गरेका हुन् ।
युट्युबमा पोस्ट भएको एक भिडियोमा हेवेसले मर्डोखलाई ‘जलवायु परिवर्तनलाई इन्कार गर्ने’ व्यक्ति भनेका छन्। उनले मिडिया मालिक मर्डोखको सरकारमा पनि उच्च प्रभाव रहेको भन्दै त्यसकारण सरकार जलवायु संकटमा अर्थपूण कदम चाल्नबाट चुकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)