सर्पले डसेर बालकको मृत्यु
gorkhapatraonline.com · Thu May 28 04:20:06 GMT 2026

सर्लाहीको कौडेना गाउँपालिका–१, लक्ष्मीपुरमा बुधबार साँझ विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको छ । रवीन्द्र गिरीका छोरा तीन वर्षीय आदित्य गिरीको सर्पले डसेर मृत्यु भएको हो ।
कौसीमा खेल्नेक्रममा सर्पले डसेर बिरामी परेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी चौकी सुन्दरपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)