मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

ekantipur.com · Thu Nov 24 18:19:58 GMT 2022

काठमाडौँ — दाङ १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । बिहीबार राति सम्पन्न भएको मतगणनामा शहरी विकास मन्त्री समेत रहेका चौधरी २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरीले २१ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन् । दुवैबीचको मतान्तर ५ हजार ८४ मतको रह्यो । मेटमणि २०७४ मा भएको आमनिर्वाचन पनि एमाले उम्मेदवार रुपमा सोही क्षेत्रबाट विजयी भएका थिए ।त्यसैगरी तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक रहे । पाठकले १३ हजार ७ सय ९४ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)