नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति
nayapatrikadaily.com · Fri Jul 15 00:35:00 GMT 2022
कोरोनाका कारण चीनले करिब तीन वर्षअघिदेखि एकतर्फी सञ्चालन गरेको तातोपानी र रसुवागढी नाका अब दोहोरो सञ्चालनमा आउने भएको छ । बिहीबार सिमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको छ । तर, कहिलेबाट खोल्ने भन्ने मिति तय भएको छैन ।
‘कोभिड–१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी–केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्रले भनेको छ । बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयको पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)