चितवनमा विकास कोइरालाले बढाए सक्रियता, चियापानमा उल्लेख्य सहभागिता
nayapatrikadaily.com · Wed Nov 02 15:58:00 GMT 2022
कारबाहीमा परेका चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सक्रियता बढाएका छन् । लामो समयदेखि निष्क्रिय रहेका कोइरालाले बुधबार नारायणगढस्थित उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी आफ्नो सक्रियता देखाएका हुन् ।
कांग्रेस चितवनका पूर्वसभापतिको हैसियतमा उनले हालै सम्पन्न भएका दसैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए । उनको सो कार्यक्रमले चितवन कांग्रेसभित्रको अन्तरद्वन्द्व सामुन्ने ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)