पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण
barnanmedia.com · Sun Jun 21 00:03:43 GMT 2026

यहाँको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ ।
धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
सरोज गुरागाईं