मुख्यमन्त्री पोखरेलद्वारा फिफा टेक्निकल सेन्टर निर्माण स्थल भ्रमण
hamrokhelkud.com · Fri Oct 22 16:52:52 GMT 2021
शुक्रबार, कात्तिक ५, २०७८
विजय नेपाली, पोखरा
गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली (पोखरेलले )कास्कीको माछापुच्छे« गाउँपालिका ६ भिंडावारीमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निमार्णमा प्रदेश सरकार आफ्नो दायित्वबाट नभाग्ने बताएका छन् । विश्व फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको प्रस्तावित एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले आवश्यक तटबन्धन लगाइदिने भएको छ ।
फिफा ड्रिम प्रोजेक्टको रुपमा रहेको उक्त परियोजनामा प्रदेश सरकारले सहयोग गर्ने भएको हो । भिंडाबारीमा बन्न लागेको प्रस्तावित परियोजनाको स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री पोखरेलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘प्रस्तावित परियोजनाको स्थलगत बुझ्ने मेरो पहिल्यै चहाना थियो । तर, आजमात्रै अवसर पाए । ढिला भएपनि यहाँ आइपुगे परियोजना अघि सार्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष लगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद छ’ मुख्यमन्त्री पोखरलेले भने,‘प्रदेश सरकारको यो सिंगो दायित्व हो । यसबाट प्रदेश सरकार भाग्दैन । हामी सहर्ष स्विाकर गर्छौ ।’ उनले पर्यटकीय प्रदेश समेत भएकाले यहाँ अन्ताराष्ट्रिय पूर्वाधार निमार्ण हुदाँ अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
परियोजनाबारे जानकारी दिदैँ एन्फाका कार्यकारी अधिकृत गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्ने गरी सम्झौता भइसकेकोको बताए । डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मुल्यांकनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यास हुने तयारी भइरहेको बताए । उनका अनुसार अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको छ ।
‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ । पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिने एन्फाका कार्यकारी अधिकृत थापाले बताए ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले परियोजना सफल पार्न सरकारलाई एकचित्त भएर लाग्न आग्रह गरे । उनले परियोजना सुरु हुने भनेको वर्षौ वितिसक्दा समेत सुरु नहुँदा स्थानीयमा निराशा समेत छाएको बताए । ‘हामीललाई प्रदेश सरकारको सहयोगको आवश्यकता छ । यो परियोजना बनाउन सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु’ उनले भने । यस्तै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले परियोजना देशकै गौरवको परियोजना रहेको सुनाए । माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले परियोजना निमार्णका लागि पालिका र स्थानियको पूर्ण समर्थन रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)