पाँचथुने गाईको किंवदन्ती झल्काउँदै पञ्चकन्या मन्दिरमा विशाल गौमाता शिलामूर्ति अनावरण
nagariknews.nagariknetwork.com · Sun Jun 21 00:15:07 GMT 2026

भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ।
धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो। एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सरोज गुरागाईं