मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगजनीमा परिचयपत्र जलेपछि सेवाग्राहीमाथि जरिवाना

gorkhapatraonline.com · Thu May 28 05:05:01 GMT 2026

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीमा जिल्ला प्रशासन कार्यालय विराटनगरमा वितरणका लागि तयारी अवस्थामा राखिएका करिब ७० हजार राष्ट्रिय परिचयपत्र जलेर नष्ट भए । राज्यको सम्पत्ति तथा नागरिकको महत्त्वपूर्ण पहिचानपत्र नष्ट हुनु आफैंमा दुःखद घटना भए पनि अहिले त्यसको असर निर्दोष सेवाग्राहीले भोग्नुपरेको छ ।

आगजनी र तोडफोडमा संलग्न नभएका नागरिकहरू अहिले पुनः फोटो खिचाउन प्रशासन धाउन बाध्य भएका छन् । तर फोटो खिच्नु मात्र होइन, उनीहरूलाई पाँच सय रुपियाँ जरिवाना तिर्नुपर्ने व्यवस्था भएपछि सेवाग्राही असन्तुष्ट बनेका छन् । विराटनगर–२ का सेवाग्राही राजन रिजालले यसलाई अन्यायपूर्ण बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)