बराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला
gorkhapatraonline.com · Thu May 28 05:08:42 GMT 2026

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको दहमा दलदलमा फसेर जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुवँरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको बच्चा दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)