फरक विचारक प्रदीप गिरि
annapurnapost.com · Tue Aug 30 00:28:00 GMT 2022
नेपालको वैचारिक राजनीतिक आन्दोलनमा प्रदीप गिरि फरक विचारक थिए। उनका हरेक विचार देश र समाज परिवर्तनप्रति मुखरित थिए। तल भुइँ सतहमा बसेर माथिका लागि सोच्ने राजनीतिक विद्वान् थिए। उनको नजिक बसेर आफ्नो समाज र राष्ट्रको वास्तविक अनुभूति गर्नेहरूको घुइँचो लाग्थ्यो। आफ्नो वास्तविक मुक्ति र अधिकारको अनुसरण गर्न नपाउने मानिसहरू गिरिलाई नै सम्झिने गर्थे। तर, राज्यका शासकहरूले कहिले पनि नागरिकसँग आफ्नोजस्तो व्यवहार गर्न सकेनन्। अधिकारको अनुभूतिबाट समेत बेखबर बनाई राखे। त्यसैले खबरदारीको अर्को नाम थियो, प्रदीप गिरि।
मधेसका दलित बाहुल्य बस्तीमा जन्मेहुर्केका गिरि मधेसी समाजमा रहेका दमन, शोषण, विभेद र उत्पीडन तथा छुवाछूत प्रथाका विरुद्धमा समेत वैचारिक अस्त्र छोड्थे। शासकद्वारा उत्पीडनमा पारिएका वर्ग र समुदायप्रति उत्तिकै चिन्ता र चासो राख्थे। एक मनुष्यले अर्को मनुष्यप्रति गर्ने अमनुष्यको व्यवहारले सबैभन्दा बढी गिरिकै बौद्धिकतामा घोच्थे। अनि सबैभन्दा बढी चिन्तित हुन्थे। किनभने उनी अम्बेडकरको असली फ्यान थिए। आवाजविहीनहरूको पनि आवाज थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)