नेपाली बुद्ध प्रतिमा अमेरिकी फिल्म निर्माताको संग्रहमा
ekantipur.com · Sat Jan 07 17:21:45 GMT 2023
ललितपुर — बुङमतीको मच्छिन्द्र बहालमा रहेको एक पुरातात्त्विक बुद्ध प्रतिमा चोरी भएको झन्डै आधा शताब्दीपछि अमेरिकी एक जना प्रतिष्ठित फिल्म निर्माता माइकल फिलिप्सको निजी संकलनमा फेला परेको छ । छैटौं शताब्दीको सिर्जना मानिने ‘उभिएका बुद्ध’ २०२५ सालपछि मच्छिन्द्र बहालबाट चोरिएको बारे बुङमतीवासीले प्रहरी–प्रशासनमा जानकारी गराएका थिए ।
तर, यसबारेमा सोधखोज हुन सकेकै थिएन । हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ ले पहिल्याएको तथ्यमा बुङमतीको यो सम्पदा अमेरिकी फिल्म निर्माता फिलिप्सको संकलनमा (सप्रमाण) पाइएको हो । सन् १९७३ मा प्रदर्शनमा आएर विभिन्न ७ विधामा ओस्कार पुरस्कार जित्न सफल फिल्म ‘द स्ट्रिङ’ का एक जना निर्मातासमेत रहेका फिलिप्सको संग्रहमा ‘स्टेन्डिङ बुद्ध’ पाइएको हो । ‘द स्ट्रिङ’ को उत्कृष्ट कथा र निर्माणशैलीका कारण यो फिल्मलाई लाइब्रेरी अफ कंग्रेसको आफ्नो संरक्षणको सूचीमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)