कोशी खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष नियुक्त
gorkhapatraonline.com · Thu May 28 05:25:22 GMT 2026
सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक्त गरेको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डमा विगत सात महिनादेखि सदस्यसचिव पद रिक्त रहेको थियो । इनरुवा नगरपालिका–३ निवासी घोष करातेका पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँ लामो समयदेखि क्रिकेटसँग समेत आबद्ध रहँदै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)