मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंका आठ पालिकामा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मात्र लगाइँदै

nepallive.com · Tue Oct 26 00:20:00 GMT 2021

काठमाडौं– काठमाडौं जिल्लाका आठ वटा नगरपालिकामा मंगलबारदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै काठमाडौंका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकालाई आजदेखि दास्रो डोज खोप दिइने जनाएको हो।

सूचना अनुसार काठमाडौं महानगरपालिकासँगै कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)