मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निषेधित प्लास्टिक झोला उत्पादन गर्नेलाई छ हजारसम्म जरिवानाको व्यवस्था

barnanmedia.com · Wed Aug 14 23:30:33 UTC 2024

काठमाडौँ, ३१ साउन : तनहुँको व्यास नगरपालिकाले निषेधित प्लास्टिकजन्य झोलालगायत सामग्री प्रयोग गर्ने उपभोक्तादेखि बिक्रेता र उत्पादकसम्मलाई जरिवानाको व्यवस्था गरेको छ । वातावरणमैत्री नगरपालिका निर्माणका लागि दीर्घकालीन सोचका साथ प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

यहाँ प्रयोगकर्ताको सामान जफत गरी रु एक सय, बिक्रेतालाई रु पाँच सयदेखि एक हजारसम्म र उत्पादकलाई रु दुई हजारदेखि छ हजारसम्म जरिवानाको व्यवस्था गरेको उहाँले बताउनुभयो । यहाँ कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको छ भने नकुहिने फोहरलाई पुनःप्रयोगमा ल्याई बिक्री वितरण गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो । “विगत लामो समयदेखि समाधान हुन नसकेको फोहरको समस्याको स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरण कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “कुहिने र नकुहिने वस्तु वर्गीकरण गरी व्यवस्थापन गर्दै आएका छौँ । पुनः प्रयोगमा आउने सामग्री छुट्याइ बिक्रीमा पठाइने गरिएको छ । सिसाजन्य सामग्री अलग्गै सङ्कलन गरी कार्यालय परिसरबाट बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)