भारतबाट फर्किएर गाउँमै कृषिकर्म
barnanmedia.com · Wed Aug 14 23:39:07 UTC 2024

काठमाडौँ, ३१ साउन : कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया पुष्प व्यवसाय र तरकारीखेतीमा व्यस्त हुनुहुन्छ । केही वर्षअघिसम्म भारतका होटलमा काम गर्ने उहाँ स्वदेश फर्किएर गाउँमै कृषिकर्ममा व्यस्त हुनुभएको हो ।
सुन्दरनगरमा रोकायाले १० कट्ठा जमिनमा सयपत्री फूलको खेती गर्नुभएको छ । उहाँले फूलसँगै तरकारीखेती पनि गरिरहनुभएको छ । यही कृषिकर्मबाट घरखर्च जोहो गर्दै आएको उहाँले बताउनुभयो । “विदेशमा १२ घण्टासम्म काम गर्नुपर्ने, त्यसमा पनि मालिकको किचकिच खेप्नुपथ्र्यो । अर्काको काम गर्नुभन्दा त स्वदेशमै केही काम गर्ने भनेर घर फर्किए, कृषि गर्न थाले । त्यसपछि फेरि विदेशिने सोच आएको छैन”, रोकायाले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)