जर्मनी नकआउट चरणमा प्रवेश
nepalnews.com · Sun Jun 21 01:07:12 GMT 2026

काठमाडौं। जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनीले राउन्ड अफ ३२ मा स्थान बनाएको हो।
एक गोलले पछि परेको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो। जर्मनीको जितमा डेनिज उन्डभ नायक बने। दुवै गोल उनले नै गरे।
खेलको ३० औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
६८ औं मिनेटमा वैकल्पिक खेलाडी उन्डभले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयमा उन्डभले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जितसहित नकआउट चरणमा पुर्याए।
समूह ई मा अंकतालिकामा लगातार दोस्रो जित निकालेको जर्मनी ६ र्अकका साथ शीर्षस्थानमा रहँदा आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ।
यस्तै, इक्वेडर र कुरासाओ अंकविहिन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ
फिफा