मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह

nayapatrikadaily.com · Thu Dec 02 00:35:00 GMT 2021

उच्च संक्रामक मानिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिँदै गएकाले अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी ओमिक्रोनलाई नेपाल भित्रिन नदिन समयमै सावधानी अपनाउन आग्रह गरेको हो ।

‘हालसम्म संक्रमण देखिएका मुलुकहरूमा सकेसम्म भ्रमण नगर्न आग्रह मात्रै गरेका हौँ । नेपाल भित्रिनेलाई पनि अनिवार्य परीक्षण र क्वारेन्टिनको व्यवस्था गरिएको छ । तर, आवतजावतमा प्रतिबन्ध नै लगाउनेबारे भने हालसम्म निर्णय भएको छैन,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)