रणवीरमाथि लागेको प्रतिबन्धको विरोधमा उत्रिए फिल्मकर्मी
ratopati.com · Thu May 28 05:43:40 GMT 2026

मुम्बई । निर्देशक फरहान अख्तरको चलचित्र ‘डन ३’ अचानक छाडेपछि फिल्म फेडरेशन अफ वेस्टर्न सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले अभिनेता रणवीर सिंहमाथि प्रतिबन्ध लगाएको छ। यो विवाद नसल्टिएसम्म फेडरेशनसँग आबद्ध प्राविधिक तथा कलाकारहरूले रणवीरसँग काम गर्न पाउने छैनन्। फेडरेशनको यस कदमपछि बलिउड उद्योगका धेरै जना रणवीरको समर्थनमा उत्रिएका छन्। अभिनेता चंकी पाण्डेले आफू पनि विगतमा यस्तै प्रतिबन्धको शिकार भएको खुलासा गर्दै माफी मागेपछि मात्र त्यो हटेको बताएका छन्। अर्कातर्फ, एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डितले भने यसलाई प्रतिबन्ध नभई ‘असहयोग’ को निर्णय भएको भन्दै बचाउ गरेका छन्।
रणवीर सिंहको विवादबारे कुरा गर्दै चंकी पाण्डेले सन् १९८७ को एउटा घटना स्मरण गरेका छन्। त्यसबेला चलचित्र उद्योगमा हडताल भएकाले छायाङ्कन गर्ने अनुमति थिएन, तर ठिक त्यही समयमा उनको चलचित्र ‘आग ही आग’ को छायाङ्कन ऊटीमा गरियो। यसबाट आक्रोशित फेडरेसनले चलचित्रमा आबद्ध सबैलाई प्रतिबन्ध लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नवीन उल हक