फिफा विश्वकप : नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो
nagariknews.nagariknetwork.com · Sun Jun 21 00:53:21 GMT 2026

फिफा विश्वकप २०२६ को शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले पराजित गरेको छ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ब्रायन ब्रोबीले सुरुमै दुई गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए। १७औं मिनेटमा ब्रोबीले गोल गरेका हुन्।
दोस्रो हाफमा नेदरल्यान्ड्सले तीन गोल थप्दा कोडी गाक्पोले दुई तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे। गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाएका थिए। यस्तै गाक्पोले ५४औं मिनेटमा समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे।
चार गोलले पछि परे पनि स्वीडेनले फर्कने प्रयास गरेको थियो। स्वीडेनका एन्थोनी एलांगाले ५९औं मिनेटमा गोल फर्काएका थिए।
तर त्यसपछि थप गोल गर्न सकेन भने समरभिलले ८९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ५-१ बनाए।
समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो। पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ।
पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समूह एफ को दोस्रो स्थानमा छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा