नेदरल्यान्ड्सको शानदार जित, स्वीडेन ५–१ ले पराजित
newsofnepal.com · Sun Jun 21 01:13:05 GMT 2026

काठमाडौं ।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ। नेदरल्यान्ड्सको जितमा ब्रायन ब्रोबी र कोडी गाक्पोले दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपे।
यो जितसँगै नेदरल्यान्ड्सले दुई खेलबाट ४ अंक जोड्दै समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। स्वीडेन भने पहिलो हार बेहोर्दै ३ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्सले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
फिफा