फिल्ममा धूम्रपान दृश्य नियन्त्रण गर्न कानुनी व्यवस्थाका लागि सांसद डा आनन्द चन्दको माग
swasthyakhabar.com · Thu May 28 05:52:00 GMT 2026

काठमाडौं - चलचित्र सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले फिल्म, वेब–सिरिज तथा अन्य दृश्य–श्रव्य सामग्रीमा देखाइने धूम्रपान तथा सुर्तीजन्य पदार्थका दृश्यमाथि कडा नियमन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले सुर्तीजन्य पदार्थको सेवन विश्वव्यापी रूपमा रोकथाम गर्न सकिने रोग तथा मृत्युको प्रमुख कारणमध्ये एक रहेको उल्लेख गर्दै नेपालमा हरेक वर्ष करिब ३९ हजार २ सय जनाको मृत्यु सुर्तीजन्य पदार्थ तथा त्यससँग सम्बन्धित रोगका कारण हुने विभिन्न अध्ययनहरूले देखाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)