इक्वेडर र कुरासाओबीचको पहिलो हाफ गोलरहित बराबरीमा
nepalviews.com · Sun Jun 21 01:24:55 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा इक्वेडर र कुरासाओबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलमा दुवै टोलीले पहिलो हाफमा गोलका अवसरहरू सिर्जना गरे पनि खाता खोल्न सकेनन्।
समूह चरणमा आफ्नो अस्तित्व जोगाउन दुवै टोलीका लागि यो खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा जर्मनीसँग ७-१ को भारी अन्तरले पराजित कुरासाओ र पहिलो खेलमा हार व्योहोरेको इक्वेडर पहिलो अंकको खोजीमा मैदान उत्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा