सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा
onlinekhabar.com · Sat Jul 10 01:20:12 GMT 2021
२६ असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ । ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो । ”जिल्लामा कोरोनाको अवस्था विश्लेसन गरेर थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ, नागरिकको समस्यालाई मध्यनजर गर्दै केही खुकुलो बनाएका छौं,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)