अरुणमा बहाव बढेपछि सतिघाट फेरि बन्द
himalpress.com · Thu May 28 06:01:17 GMT 2026

सङ्खुवासभा- पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ। मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो। खाँदबारी नगरपालिका–९, सतिघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए। नदी धमिलो हुनुका साथै बहाव तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।
सतिघाटको फेरी भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि यहाँ फेरी सञ्चालनमा ल्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)