‘चिल’ बन्दिपुर ! (फोटो फिचर)
gorkhapatraonline.com · Thu May 28 06:07:42 GMT 2026

शान्त र शीतल वातावरण, परम्परागत नेवारी वास्तुकला जोगाइएका घर तथा स्थानीय स्लेट ढुङ्गाले छापिएका सडकले बन्दिपुरलाई जिउँदो सङ्ग्रहालयजस्तै बनाएको छ । भक्तपुर र कीर्तिपुरबाट आएका नेवार समुदायले बसालेको यो ऐतिहासिक बस्ती तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकामा पर्छ । बन्दिपुर पुरानो जिल्ला सदरमुकामसमेत हो ।
प्राचीन शैलीका चिटिक्क परेका घरहरू यहाँका प्रमुख आकर्षण हुन् । यहाँका घरहरूले बन्दिपुरको इतिहास, संस्कृति र विशिष्ट पहिचान बोकेका अमूल्य सम्पदाको प्रतिनिधित्व गर्छन् । यही कारणले यस पहाडी बजारलाई अझ जीवन्त र आकर्षक बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)