दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा
nepalnews.com · Sun Jun 21 01:43:47 GMT 2026

काठमाडौं। पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको आकर्षणमा रहेका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई फेरि एकपटक ठूलो पर्दामा देखिने भएको छ। यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’ (द रेड सर्कल)मा देखिने भएको हो।
निर्माता रहेको विश्राम फिल्म प्रालिका निर्माता जीवन गुरुङ र वितरक रहेको काफिया फिल्म प्रालिका गोविन्द शाहीले आज संयुक्तरूपमा उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् । ‘रातो घेरा’ चलचित्रमा अनिल बुढा मगरको निर्देशन रहनेछ । निर्माण टोलीका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने र दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश दिने जनाइएको छ।दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बढी रुचाइएका र सर्वाधिक अन–स्क्रिन जोडीमध्ये एकका रूपमा रहेको छ। ‘जारी’ मा उहाँहरूको सशक्त अभिनय, प्राकृतिक प्रस्तुति र उत्कृष्ट केमेस्ट्रीले बक्स अफिसमा ठूलो सफलता हासिल गर्नुका साथै दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ