‘जारी’ को सुपरहिट जोडी फेरि एकसाथ, ‘रातो घेरा’ मा दयाहाङ–मिरुना
nagariknews.nagariknetwork.com · Sun Jun 21 01:20:28 GMT 2026

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन्। पछिल्लो समय सुपरहिट चलचित्र “जारी” मार्फत अत्यधिक दर्शकको मन जित्न सफल यो चर्चित जोडी अब नयाँ चलचित्र “रातो घेरा (द रेड सर्कल)” मा पुनः पर्दामा देखिन लागेका हुन्।
विश्राम फिल्मस् प्रालिको निर्माणमा बन्न लागेको यो चलचित्रलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्ने भएका छन्। निर्माण टिमका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)