रणवीरमाथि लागेको प्रतिबन्धको विरोधमा उत्रिए फिल्मकर्मी
barnanmedia.com · Thu May 28 06:10:26 GMT 2026

निर्देशक फरहान अख्तरको चलचित्र ‘डन ३’ अचानक छाडेपछि फिल्म फेडरेशन अफ वेस्टर्न सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले अभिनेता रणवीर सिंहमाथि प्रतिबन्ध लगाएको छ। यो विवाद नसल्टिएसम्म फेडरेशनसँग आबद्ध प्राविधिक तथा कलाकारहरूले रणवीरसँग काम गर्न पाउने छैनन्।
फेडरेशनको यस कदमपछि बलिउड उद्योगका धेरै जना रणवीरको समर्थनमा उत्रिएका छन्। अभिनेता चंकी पाण्डेले आफू पनि विगतमा यस्तै प्रतिबन्धको शिकार भएको खुलासा गर्दै माफी मागेपछि मात्र त्यो हटेको बताएका छन्। अर्कातर्फ, एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डितले भने यसलाई प्रतिबन्ध नभई ‘असहयोग’ को निर्णय भएको भन्दै बचाउ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)