सामसङका ग्राहकलाई 'अपग्रेड टु ग्यालेक्सी' अफर: छुट, एक्सचेन्ज बोनस र ईएमआईको सुविधा
techpana.com · Thu May 28 06:14:21 GMT 2026

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अपग्रेड टु ग्यालेक्सी अभियान घोषणा गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले पुराना स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी सिरिजमा अपग्रेड गर्न सक्नेछन् । यो अफरमा आकर्षक छुट, एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर र सहज ईएमआई सुविधा समावेश गरिएका छन् ।
यस अभियान अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । सामसङ नेपालका अनुसार ग्राहकहरूले आफ्ना पुराना केही डिभाइसहरूमा मूल्याङ्कन रकमका अतिरिक्त ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)