गायक योगेश्वर अमात्यको जग्गा किर्ते गर्नेलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता कार्यालयको तयारी
onlinekhabar.com · Sun Jan 09 17:43:32 GMT 2022
२५ पुस, काठमाडौं । गायक योगेश्वर अमात्यको १२ विगाहा जमिन किर्ते कागजातका भरमा अर्कैका नाममा दर्ता हुने खेलबाट अन्तिम चरणमा जोगिएको छ । उनको जग्गाका नाममा फर्जी कागजात तयार गरी अर्कै समूहले १९ करोड रुपैंया ऋण लिएको हो । त्यो घटना सार्वजनिक हुनासाथ जग्गा अर्काको नाममा दर्ता हुने जोखिम रोकियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले किर्तेको मुद्दा चलायो ।
तर अनुसन्धान गरेर बैंकिङ कसुरको आरोपमा मुद्दा चलाउन खोज्दा महान्यायाधिवक्ता कार्यालयको ठाडो हस्तक्षेपले त्यो घटना ‘मुद्दा नचल्ने’ भनी सामसुम पार्न खोजिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)