सहकारी ठगीसँग जोडियो बीमा क्षेत्र, सीआईबीले माग्यो ५६ जनाको लगानी विवरण
ajakoartha.com · Thu May 28 06:26:00 GMT 2026

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न बीमा कम्पनीसँग आबद्ध सञ्चालक तथा पदाधिकारीहरूको शेयर लगानी र बैंक खाता विवरण रोक्का राख्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको खुलेको छ।
सीआईबीले जेठ ११ गते धितोपत्र बोर्डलाई पत्राचार गर्दै ठगी मुद्दाको अनुसन्धानका लागि ५६ जनाको धितोपत्र तथा लगानी विवरण आवश्यक परेको जनाएको हो। अनुसन्धानको दायरामा नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित सञ्चालक, लगानी समिति सदस्य तथा अध्यक्षहरू परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)