बाँकेमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी सम्पन्न
nagariknews.nagariknetwork.com · Sun Jun 21 01:44:45 GMT 2026

नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक सङ्गोष्ठी भएको छ ।
कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा सुदनकुमार पौडेलले हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र प्रबर्धनका लागि यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताए। उनले प्राचीन संस्कृतिलाई नवीन प्रविधिको उपयोगबाट प्रचार र संरक्षण गर्न सकिने सम्भावना औँल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)