वीरगञ्ज मुख्य सडक विस्तारको काम अन्तिम चरणमा
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालयले बाँकी रहेका संरचनाहरू हटाएर आगामी सोमबारभित्रै सडक विस्तारको सम्पूर्ण काम सम्पन्न गर्ने तयारी गरेको छ।
हेटौँडास्थित सडक डिभिजन कार्यालयका प्रतिनिधि तथा इन्जिनियर दुर्गाप्रसादले दिएको जानकारीअनुसार नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा देखिएका विवादहरू समाधान भइसकेका छन् र बाँकी संरचना हटाउने काम तीव्र पारिएको छ। हाल सिद्धार्थ बैंक, पमपम बिल्डिङ तथा हनुमान मन्दिर पछाडिका क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्य भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)