मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीसँग जोडियो बीमा क्षेत्र, सीआईबीले माग्यो ५६ जनाको लगानी विवरण

barnanmedia.com · Thu May 28 06:36:38 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न बीमा कम्पनीसँग आबद्ध सञ्चालक तथा पदाधिकारीहरूको शेयर लगानी र बैंक खाता विवरण रोक्का राख्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको खुलेको छ।

सीआईबीले जेठ ११ गते धितोपत्र बोर्डलाई पत्राचार गर्दै ठगी मुद्दाको अनुसन्धानका लागि ५६ जनाको धितोपत्र तथा लगानी विवरण आवश्यक परेको जनाएको हो। अनुसन्धानको दायरामा नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित सञ्चालक, लगानी समिति सदस्य तथा अध्यक्षहरू परेका छन्।

सीआईबीले उनीहरूको धितोपत्र लगानी तथा कारोबार विवरण रोक्का राखी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। प्रहरी स्रोतका अनुसार सहकारी ठगीसँग जोडिएका आर्थिक कारोबार, लगानी संरचना र सम्पत्ति प्रवाहबारे अनुसन्धान भइरहेको छ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित केही सञ्चालक तथा लगानी समिति सदस्यविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको खुलेको छ। पक्राउ पुर्जी जारी हुनेमा विवेककुमार शाह, लक्ष्मण चावला, राजीवप्रसाद व्याकुरेल, आशिष ढकाल, सोम दुगड, सचिन आचार्य, श्रीमला केसी र दिगमबर झा रहेका छन्।

सीआईबीले सम्बन्धित व्यक्तिहरूलाई अनुसन्धानमा सहयोग गर्न र कानुनी प्रक्रियामा उपस्थित हुन आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)