स्पेनका प्रधानमन्त्रीकी पत्नीलाई देशबाहिर जान प्रतिबन्ध
kendrabindu.com · Sun Jun 21 02:14:39 GMT 2026

काठमाडौं । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजविरुद्ध भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ। अदालतले उनलाई देश छाड्न प्रतिबन्धसमेत लगाएको छ।
शनिबार जारी आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका छन्। अदालतको आदेशमा ‘गोमेजले देश छाड्न नपाउने प्रतिबन्ध पालना गराउन सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थलहरूलाई निर्देशन जारी गरिने’ उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ