पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
aarthiknews.com

सुनसरी। “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ। यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने। तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उनले बताए।
पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यति बेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ। करिब साढे २१ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र यति बेला गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)