चीनको जीडीपीमा ८.१ प्रतिशतको वृद्धि, १८ ट्रिलियन डलर पुग्यो
baahrakhari.com · Mon Jan 17 16:49:00 GMT 2022
एजेन्सी । गत वर्ष चीनको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा ८.१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा देशको कुल जीडीपी बढेर ११४.३७ ट्रिलियन युआन (झण्डै १८ ट्रिलियन अमेरिकी डलर) पुगेको त्यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)ले जनाएको छ ।
सरकारले ६ प्रतिशत भन्दा माथि वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । सरकारी लक्ष्य भन्दा धेरै वृद्धि भएको हो । चीनको जीडीपी झण्डै एक दशकमा सबैभन्दा तीव्र रूपमा बढेको ग्लोबल टाइम्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)