१३ प्रतिशतले बढे पर्यटक, चार महिनामा आए चार लाख बढी
annapurnapost.com · Thu May 02 11:45:55 UTC 2024

काठमाडौं : नेपालमा पर्यटक आवागमन १३ प्रतिशतले बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार अप्रिल महिनामा पर्यटक संख्या १३ प्रतिशतले बढेको हो।
सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन्। सन् २०२४ को हालसम्म ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन्। सरकारले यस वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ १६७ पर्यटक नेपाल आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)