चाडपर्वले जोगाउँदै कुम्हालेको परम्परागत पेसा
gorkhapatraonline.com · Sun Sep 13 01:49:48 GMT 2026

माटोको डल्लो हातमा लिएर आकार दिँदै गर्दा कुम्हालेको हातमा एउटा भाँडो मात्रै तयार हुँदैन, त्यससँगै जोडिएको हुन्छ पुस्तौँ पुरानो सीप, संस्कृति र जीविकाको कथा । तर बदलिँदो समयसँगै प्लास्टिक, स्टिल र अन्य आधुनिक सामग्रीका भाँडाले बजार ओगटेपछि ओझेलमा पर्दै गएको यही परम्परागत पेसालाई अहिले चाडपर्वले धानिरहेको छ ।
महोत्तरीका गाउँबस्तीमा चौरचन पर्व नजिकिँदै जाँदा माटाका भाँडाको माग बढेको छ । विशेषगरी औरहीसहित जिल्लाका विभिन्न हाटबजारमा अहिले घैँला, छाछी, कनतरी, मटकुरी, लबैन, दियो, फुच्चीजस्ता माटाका सामग्रीको बिक्री बढ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)